घट्यो इन्धनको मूल्य , अब कति पर्छ ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस १ २०७९
3.2K
SHARES

१ पुष काठमाडौं। नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ। निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल/डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपालमा मूल्य घटेको हो।

आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा रहेको छ।