प्रचण्ड खुमलटारतिर मोडिए


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस १० २०७९
1.6K
SHARES

१० पुस काठमाडौं । बालुवाटार बैठक छाडेर हिँडेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै घर खुमलटार फर्किएका छन् । उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने भनिए पनि आफ्नै घर फर्किएका हुन् ।

यद्यपि माओवादीका महासचिव देव गुरुङसहितका नेताहरु भने ओली निवास बालकोटमा छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर पुगेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रचण्डलाई दोस्रो पालोमा प्रधानमन्त्री पद लिन आग्रह गरेका थिए ।