नारायणकाजीलाई लिएर प्रचण्ड फेरि बालुवाटार


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस १० २०७९
2K
SHARES

१० पुस काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छलफलका लागि फेरि बालुवाटार बोलाएका छन्।

सत्तासमीकरणका लागि आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकबाट प्रधानमन्त्रीमा सहमति नजुटेपछि प्रचण्ड बाहिरिएका थिए।

खुमलटारमा छलफलपछि बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथमा लिएर प्रचण्ड बालुवाटार मोडिएका हुन्। केहीबेर अघि नेपाली कांग्रेसका बरिष्ठ उपाध्यक्ष रामचन्द्र पौडेलले प्रचण्डका कारण गठबन्धन तोडिएको उद्घोष गरेका थिए।