ओलीलाई देउवाको फोन


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस १० २०७९
1.9K
SHARES

१० पुस काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग फोनवार्ता गरेका छन् ।देउवाले ओलीलाई कांग्रेस-एमाले मिलेर सरकार बनाउन प्रस्तावसमेत गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भएको सत्ता गठबन्धनको बैठकबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाहिरिएसँगै देउवाले ओलीसँग फोन संवाद गरेका हुन् ।

सत्ता गठबन्धनसँग कुरा नमिलेपछि माओवादी अध्यक्ष दाहाल सरकार निर्माणका लागि छलफल गर्न भन्दै ओलीनिवास बालुवाटार पुगेका थिए ।राष्ट्रपतिले सरकार बनाउन दिएको समयसीमा आज सकिने भएको हुँदा दलहरु सहमतिको प्रयासमा जुटेका छन् ।

शक्ति बाँडफाँडको विषयमा सत्तारुढ दलहरु निर्णायक छलफलमा जुटेका हुन् । सत्ता गठबन्धनभित्र नयाँ बन्ने सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लाग्न सकेको छैन ।राष्ट्रपति भण्डारीले बहुमतसहितको सरकारको नेतृत्वमा दाबी गर्न दिएको समय सीमा आइतबार साँझ ५ बजे सकिँदै छ ।