प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस १५ २०७९
3.2K
SHARES

१५ पुस काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भेटमा मन्त्रिपरिषद् विस्तार, विभिन्न पदमा भागबन्डा, सरकारको न्यूनतम साझा कार्यक्रमलगायत विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई एमालेसहित सात राजनीतिक दलको समर्थन छ । प्रचण्ड प्रधानमन्त्री बनेपछि ओली पहिलोपटक बालुवाटार पुगेका हुन् ।