कांग्रेस संसदीय दलको पहिलो बैठक पुस २३ गते


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस २० २०७९
3K
SHARES

२० पुस काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै यही पुस २३ गतेका लागि बैठक बोलाइएको जानकारी दिए ।

२३ गते वर्तमान कांग्रेस संसदीय दलको पहिलो बैठक बस्न लागेको हो । बैठक कहाँ बस्ने भन्ने खुलाइएको छैन । प्रतिनिधिसभाको बैठक पुस २५ गतेदेखि सुरु हुँदै छ । त्यसअघि दलको बैठक बस्न लागेको हो ।