आइपुगे चीनका नयाँ राजदूत सङ


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस २४ २०७९
5.9K
SHARES

२४ पुष काठमाडौँ । नेपालका लागि चीनका नयाँ राजदूत काठमाडौं आइपुगेका छन्। काठमाडौंस्थित चिनियाँ राजदूतावासका अनुसार नवनियुक्त राजदूत चेन सङ आइतबार काठमाडौं आइपुगेका हुन्। काठमाडौं आएपछि राजदूत सङले नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहेको र त्यसका विभिन्न आयाम रहेको उल्लेख गरेका छन्।

नेपाल-चीन सम्बन्धमा नयाँ अध्याय थप्न र दुबै देशका जनताको विकास र समृद्धिका लागि सबै पक्षसँग सहकार्य गर्न आफू तयार रहेको उनले बताएका छन्।