प्रचण्डलाई विश्वासको मत दिने देउवाको आश्वासन


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस २५ २०७९
2.5K
SHARES

२५ पुस काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने भएको छ ।

आफूलाई विश्वासको मत दिन आग्रह गर्दै सोमबार साँझ प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए ।

त्यस क्रममा कांग्रेस शीर्ष नेताहरुले प्रचण्डलाई विश्वासको मत दिने आश्वासन दिएको एक नेताले जानकारी दिए ।

यद्यपि, यसबारे आधिकारिक निर्णय भने मंगलबार विहान बस्ने कांग्रेस संसदीय दलको बैठकले गर्ने ती नेताले जानकारी दिए ।