सत्ता समीकरण बारे अध्यक्ष नेपालले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस २६ २०७९
3.3K
SHARES

२६ पुस काठमाण्डौ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्ता समीकरणमा जाने रुचि नभएको बताउनुभएको छ ।

सोमवार संसद् बैठकपछि सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष नेपालले सत्ता समीकरणमा जाने रुचि नभएको बताउनुभएको हो ।

उहाँले सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा भाेलि मङ्गलवार बिहान सचिवालयको बैठकले निर्णय गर्ने बताउनुभयो ।