राष्ट्रपति हिमानीलाई बनाउँदा एकता र परिवर्तन देखिन्थ्यो – नेता भट्ट


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस २७ २०७९
5.6K
SHARES

२७ पुस काठमाडौं । माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशका निवर्तमान सांसद प्रेमप्रकाश भट्टले पूर्व युवराज्ञी हिमानी शाहलाई राष्ट्रपति बनाउँदा राष्ट्रिय एकता देखिने बताएका छन् । राष्ट्रिय एकता दिवस’ को शुभकामना दिँदै माओवादी केन्द्रका सांसद भट्टले हिमानीलाई राष्ट्रपति बनाउँदा अझै एकता र परिवर्तन देखिने बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिमानीलाई राष्ट्रपति बनाउँदा अझै एकता र परिवर्तन देखिन्थ्यो कि ?’ माओवादी केन्द्रका बैतडीका सह–इन्चार्ज समेत रहेका भट्टले हिमानीलाई राष्ट्रपति बनाउनु उपयुक्त हुने मत राखे ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिएको छ ।

p