जसपा र एकीकृत समाजवादीको एकता वार्ता कार्यदलबीच छलफल हुँदै
Capital Headline
प्रकाशित मिति :
बिहिबार, पौस २८ २०७९
2.8K
SHARES
२८ पुस काठमाडौँ ।जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)बीच एकताका लागि वार्ता हुँदै छ । दुवै पार्टीबाट गठन भएका वार्ता टोलीबीच छलफल हुन लागेको हो । आज मध्याह्न १२ बजे सिंहदरबारमा वार्ता टोलीबीच छलफल हुने जसपाले जनाएको छ ।
जसपाका तर्फबाट वार्ता समितिमा उपाध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा नेताहरू रकम चेम्जोङ र गोविन्द चौधरी छन् । एकीकृत समाजवादीका तर्फबाट महासचिव बेदुराम भुसालको नेतृत्वमा डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट