अखिल(क्रान्तिकारी) बैतेश्वर गाउँपालिकाको सम्मेलन सम्पन्न


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस २९ २०७९
5.1K
SHARES

२९ पुस काठमाडौ ।आज मिति २०७९ पुष २९ गते दोलखाको बैतेश्वर गाउपालिकाको एक मा.बि.मा पालिका अध्यक्ष कमरेड ज्योतिराज गिरिको सभापतित्वमा संगठनका केन्द्रिय प्रवक्ता कमरेड उपदेश यादवको प्रमुख आतिथ्यता र संगठनका केन्द्रिय सदस्य कमरेड रितिकराज गिरिको आतिथ्यतामा पालिका भित्रका सबै शैक्षिक संस्थाहरुको प्रतिनिधित्व गरेर आएका विद्यार्थीहरुको भब्य उपस्थितिमा सम्पन्न भएको छ ।

अखिल(क्रान्तिकारी) बैतेश्वर गाउँपालिकाको यो तेस्रो सम्मेलन हो । दोस्रो सम्मेलनले कमरेड ज्योतिराज गिरि लाई अध्यक्ष चयन गरेको थियो । उनै ज्योतिराज गिरिको अध्यक्षतामा तेस्रो सम्मेलन भएको हो ।

तेस्रो सम्मेलनले कमरेड पुरुशोत्तम चौलागाईंको अध्यक्षतामा ३५ सदस्यीय पालिका कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । नव निर्वाचित पालिका पदाधिकारीहरु यसप्रकार छन ।
अध्यक्ष = पुरुशोत्तम चौलागाईं
उपाध्यक्ष =रबिन्द्र दाहाल
उपाध्यक्ष = प्रबिन तामाङ
सचिब = अनिशा रिमाल
सह-सचिब=आशिका गिरि
कोषाध्यक्ष =सुदर्शन गिरि सहित ३५ सदस्यीय कार्यसमिति ।
अखिल(क्रान्तिकारी)को बैतेश्वर गाउँपालिका ले संगठनको केन्द्रमा पवन कार्की नेतृत्वको कमिटी लाई नै आधिकारिक मानेको छ ।