गण्डकीमा भोलि सभामुखको निर्वाचन : गठबन्धनबाट कृष्ण धिताल
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, पौस २९ २०७९
3.3K
SHARES
२९ पुस कास्की । सत्तारूढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा (माओवादी केन्द्र)का कृष्णप्रसाद धिताल उमेदवार बन्ने भएका छन् ।
माओवादी केन्द्र गण्डकी प्रदेश सभा संसदीय दलको शुक्रबार साँझ बसेको बैठकले गोरखा क्षेत्र नम्बर १ (१)बाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित धिताललाई सभामुखको उमेदवार बनाउने निर्णय गरेको हो ।
माओवादीका संसदीय दलका नेता एवम् प्रदेश सरकारका बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले दलको बैठकले सर्वसम्मत उमेदवार तय गरेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट