प्रचण्ड र ओली भेटवार्ता सम्पन्न
३० पुस काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेट मन्त्रालय बाँडफाँटमा केन्द्रित रहेको स्रोतले जानकारी दिएको छ ।
मन्त्रालय बाँडफाँटमा कुरा नमिल्दा प्रधानमन्त्रीले विश्वासको मत लिइसके पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।
मन्त्रालय, राष्ट्रपति र उपराष्ट्रपति तथा सभामुख र उपसभामुखमा प्याकेजमै सहमति गर्ने पक्षमा दलहरु छन् । यसका लागि प्रचण्ड, ओलीसहित अन्य सत्तासाझेदार दल छलफलमा जुटेका छन् ।