जागिर खान मन्त्री भएको होइन, युवाहरुलाई निराश पार्नेछैन – मन्त्री आचार्य


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ १ २०७९
3K
SHARES

१ माघ काठमाडौं। प्रदेश नं. १ सरकारका विना विभागीय मन्त्री जीवन आचार्यले आफू जागिर खान मन्त्री नभएको बताएका छन्। शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत् एक स्टाट्स लेख्दै मन्त्री आचार्यले समग्र युवाहरुलाई प्रतिनिधित्व गरेर अगाडी बढ्ने बताएका हुन्।

माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका मन्त्री आचार्यले फेसबुकमा लेखेका छन्, ‘गत मंसिर-४ गते सम्पन्न आम निर्वाचनमा अत्याधिक मतदाता करिव ८०,०००० भएको प्रदेश सभा क्षेत्र मोरंग-६(१) बाट प्रत्यक्ष निर्वाचनमा भाग लिई यस क्षेत्रका आम न्यायप्रेमी मतदाताको न्यानो माया र विश्वासका कारण उत्कृष्ट जनमत सहित निर्वाचित भएसंगै मैले प्रदेश-१ सरकारमा सहभागी हुने अवसर प्राप्त गरेको छु। मैले निर्वाचनताका भन्ने गरेको थिएँ राजनीति मेरा लागि विशुद्धरुपमा जनताको सेवा गर्ने थलो हो। यसलाई पेशा र व्यापार बनाउन म चुनावमा होमिएको होईन, सॉसद केवल जागिर वा तलव खाने पद होईन। मैले ०७४ को निर्वाचनमा झिनो मतले पराजित भएसंगै जनताका पक्षमा निरन्तर सकेको काम गरिरहें, दुख र पीडामा सकेसम्म मल्हम लगाउने कोशिस गरि नै रहें। जुन कुराको पुष्टि निर्वाचन परिणामले गर्छ नै।’

‘म एक अनुशासित यूवा हुँ र म मेरो जिम्मेवारी प्रति सचेत छु। स्वस्थ आलोचना प्रति मेरो सदैव सम्मान रहनेछ, म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु कि मेरो कारणले कसैको शिर झुक्ने छैन, म समग्र युवाहरुलाई प्रतिनिधित्व गरेर अगाडी बढ्दै गर्दा युवाहरुलाई निराश पार्नेछैन, म सधैं तपाईहरुसँगै थिएँ, छु र रहनेछु।’ आचार्यले भनेका छन्।