प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सरकारको भागवण्डा मिल्यो


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ २ २०७९
3.5K
SHARES

२ माघ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सम्पन्न भएको छ । बिहान साढे १० बजेबाट सुरु भएको छलफल केहीबेर अघि सम्पन्न भएको ओलीको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयले बाह्रखरीलाई दिएको जानकारीअनुसार दाहाल–ओलीको छलफलले मन्त्रालयको भागवण्डासहित सभामुख र उपसभामुख उमेदवार पनि टुंगो लगाएको छ । तर, कसलाई कुन मन्त्रालय र सभामुख/उपसभामुखमा को भनेर सचिवालयले खुलाउन चाहेन ।

“प्रधानमन्त्रीज्यूले छलफल सकारात्मक रह्यो भरेसम्म सबै कुरा मिल्छ भन्दै निस्कनुभयो,” सचिवालय स्रोतले भन्यो ।