सभामुख घिमिरेले लिए शपथ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ ६ २०७९
1.7K
SHARES

६ माघ काठमाडौ । प्रतिनिधि सभाका नवनियुक्त सभामुख देवराज घिमिरेले शपथ लिएका छन् ।   शुक्रबार राष्ट्रपति कार्यालाय शीतल निवासमा आयोजित  समारोहमा सभामुख घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् ।

सभामुखको सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।