हाम्रो सार्वभौमसत्ता, स्वतन्त्रमा कुनै सम्झौता गर्दैनौं – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ ६ २०७९
2.8K
SHARES

६ माघ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसँग कुनै कार्ड नखल्ने बताएका छन् । नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र उनीहरुको जायज चासो-चिन्तालाई सम्बोधन गरेर अगाडि जाने उनले बताए ।

एमालको परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘दुईटा छिमेकीसँग कार्ड खेल्ने होइन हामीले भनेका छौं । हाम्रो अभ्यास पनि त्यस प्रकारको होइन ।’ उनले अघि भने, ‘हामी हाम्रा छिमेकीहरुका निम्ति असल छिमेकी हुन चाहन्छौं । उनीहरुको कुभलो गर्दैनौं । भलो चिताएर उनीहरुलाई सहयोग पुर्‍याएर उनीहरुका जायच चासो, चिन्तालाई सम्बोधन गरेर अगाडि जान्छौं ।’

नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र कुनै सैन्य गतिविधिमा सामेल नहुने उनले बताए । ओलीले भने, ‘हाम्रो सार्वभौमसत्ता, स्वतन्त्रमा कुनै सम्झौता गर्दैनौं । पारपरिस्क लाभ र सम्मानका आधारमा सम्बन्ध कायम गर्छौं ।’