राष्ट्रपतिमा कांग्रेसले उमेदवारी दिने


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ ९ २०७९
2.7K
SHARES

९ माघ काठमाडौं ।  नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

“नेपाली कांग्रेसको पदाधिकारी बैठकबाट राष्ट्रपतिमा उमेदवारी दिने निर्णय भयो,” कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले भने, “उमेदवारी दिनुपूर्व हामी अरू दलसँग छलफल गर्छौं । तर, उमेदवारी भने दिन्छौँ ।”