कमरेड पञ्चाले अखिल (क्रान्तिकारी) सके ,महामहिम पञ्चा ज्यू जिम्मेवारी फिर्ता लिनुहोस्


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ ११ २०७९
7.5K
SHARES

११ माघ काठमाडौ । नेकपा (माओवादी केन्द्र) का भातृ संगठन अखिल (क्रान्तिकारी) पञ्चा सिंह समुहले केही जिम्मेवारी हेरफेर सहित कार्यविभाजन गरेर परिपत्र गरेको छ । देश भरिका कार्यकर्ताहरु ले उक्त परिपत्रको विरोध गरिरहेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) संग बालुवाटारमा गरेको भेटघाटलाई बैठक को नाम दिई मनपरी ढंगले कार्यविभाजन गरेको भन्दै नेता कार्यकर्ताहरूले असन्तुष्टी जनाउदै छन् ।

# पोखरा विश्वविद्यालय र सिटिइभिटी संग आर्थिक बार्गेनिङको घटना ।

CTEVT र पोखरा विश्वविद्यालय मा आर्थिक बार्गेनिङ गरेको आरोप लगाउने उपाध्यक्ष द्वय मध्य नारायण खनालले आत्मालोचना गरेका छन् । प्रमाण हुँदा हुँदै पनि आत्मलोचित किन भएछन् ? प्रमाण रहेको दाबी गरेका नारायण खनाल ले एकासी आत्मालोचना गरेका छन् । सङ्गीन पुस्तक प्रकाशनको समयमा ठूलो रकममा आर्थिक चलखेल भएको बुझिन्छ । त्यस समय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख रहेको नारायण खनाल र संगठनको अध्यक्ष पञ्चा सिंह बीच सङ्गीन पुस्तक प्रकाशन हुँदा आर्थिक कै कारण मनमुटाव बढेको थियो । प्रमाण पनि सुरक्षित राखेको दाबी गरेका नारायण खनाल एकासी माफी माग्ने घटनाले सबैलाई चकित परेको छ । अहिले उहाँको जिम्मेवारी खोसेर प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुखमा मिलन एम सी लाई दिएको छ ।

परिपत्रको १७, १८, १९, २० को निर्णय यस्तो छ :-
17. CTEVT र पोखरा विश्वविद्यालयमा आर्थिक बार्गेनिङ भनि संगठन र अध्यक्ष विरुद्ध भएको दुस्प्रचार बारे संगठनका उपाध्यक्ष कमरेड नारायण खनाल द्धारा पदाधिकारी बैठक समक्ष आत्मालोचना गर्नु भएको छ ।
18. आर्थिक बार्गेनिङ भनि गरिएको दुस्प्रचार र संगठनको केन्द्रिय अध्यक्षको हस्ताक्षर र लेटरप्याट किर्ते गरि आर्थिक सहयोग चिठी मनोमानी ढंगले वितरण गरेका कारण संगठनका कोषाध्यक्ष द्धारा पदाधिकारी बैठक समक्ष आत्मालोचना गर्नु भएको छ।
19. संगठनको बैठकहरुमा लगातार अनुपस्थित भएको र सामाजिक सञ्जालमा संगठन विरुद्ध गरिएको दुस्प्रचार बारे संगठनका उपाध्यक्ष कमरेड इन्द्र भुसाल लाई लिखित स्पष्टीकरण लिने निर्णय गरियो ।
20. सामाजिक सञ्जालमा लेखा आयोग प्रमुख हैसित बाट भएको प्रेस वक्तव्यमा आफ्नो हस्ताक्षर दुरुपयोग गरिएको भनि लेखा आयोग प्रमुख कमरेड विश्वमणी थापाले बैठकमा स्पष्ट पार्नु भएको छ ।

केन्द्रीय उपाध्यक्ष नारायण खनालले
#संगठनको_बदनाम_स्विकार्य छैन ! CTEVT, Pokhara University लगायत ठाउँमा हाम्रो संगठनको नाममा officially आर्थिक वार्गेनिङ गरिरहेको रिपोर्टहरु आएका छन् आर्थिक चलखेल मार्फत गर्न खोजेका affiliation लगायतका मामिलामा संगठन चुप नबस्ने कुरा सम्बन्धित सबैलाई जानकारी गराउन चाहान्छु । संगठनलाई बदनाम नगर्न पटकपटक गरिएको ध्यानाकर्षण बेकार भएपछि यहाँ लेख्न बाध्य भइयो । भनेर आरोप लगाएको थियो तर आत्मालोचना गरेको परिपत्र मा देखिएको छ । त्यस्तै अर्का उपाध्यक्ष इन्द्र भुषाललाई स्पष्टीकरण सोधेको छ । दिपेश पुन र पञ्चा सिंहले कारबाही गर्ने उद्देश्य सहित यो कदम चालेको बुझिन्छ । “”संगठनको गौरवसाली इतिहास र अस्तित्व मेटाउने दिशामा पंचा सिंह लागेको”” भन्दै नेता भुषाल ले चिन्ता व्यक्त गरेका छन् ।

# सर्कुलरको विरोधमा उत्रे पदाधिकारीहरु

“”अन्ततः कमरेड पन्चाले अखिल(क्रान्तिकारी) सकेरै छाड्ने भो “” सचिव सञ्जय कालधनले आफनो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

“”अखिल (क्रान्त्तिकारी) को पछिल्लो निर्णय मा म सहभागी नभयेको साथी हरु लाई स्पष्ट गर्दै संगठन को प्रदेस तह को जिम्मेवारी बाडफाड गर्दा संबंधित प्रदेस बाट प्रतिनिधित्व गर्ने पदाधिकारी सग सल्लाह सम्म गरेको भये केही बिग्रन्न थियो होला! साथी हरु धैर्य गरुम सङठन मा सबै को योगदान उतिकै छ सङठन विधि र प्रक्रिया मा चलाउनै पर्छ यसको लागि हामी सबै ले खबरदारी गरुम धन्यबाद ! “” भन्दै अर्का सचिव खगेन्द्र सुवेदी ले लेखेका छन् ।

“महामहिम Pancha Singh ले circular मार्फत आज कार्य बिभाजन गर्नु भए छ जिम्मेवारी पाउने साथीहरूलाइ बधाई एवम् शुभकामना छ तर मलाइ सल्लाह नगरि दिएको जिम्मेवारी प्रति मेरो घोर आपत्ति छ त्यसैले सो जिम्मेवारि महामहिम लाइ नै फिर्ता गर्द छु साथै अरु लाइ बाड्नु हुन अनुरोध गर्द छु ” लेखा आयोग प्रमुख बिश्वमणी थापाले आफनो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

म कुनै जिम्मेवारीमा छैन र संगठन भित्र देखियको अराजकता र असक्षमताको विपक्षमा म दृढ छु ।। केन्द्रीय सदस्य रमेश खड्काले लेखेका छन् ।

विधि र संगठनात्मक पध्दति नेतृत्वले पालना गर्नु पर्छ पर्दैन? कि महत्वपुर्ण पदमा आसिनहरुले जे मन लाग्छ त्यहि लेटरप्याडमा लेखेर पठाईदिने नयाँ पध्दति संस्थागत गर्न खोजिएको हो ? जिवनको उर्जाशील दशकहरु संगठनप्रति समर्पित गरेका साथीहरुसंग सल्लाह र छलफल गर्नु पर्दैन ?
संगठनको नेतृत्वमा असक्षमता प्रष्ट देखियो, संगठनभित्र ब्याप्त अन्तरविरोधको सामाधान खोज्ने त कुनै छांटकाटैं देखिएन, आज जारी गरिएको सर्कुलर हेर्दा लाग्छ निर्णय भन्दा अगाडि नेतृत्वले कत्तिपनि विचार विमर्शलाई आवश्यक ठानेन, कुनै कमिटी बैठकभन्दा पर आसेपासेहरु विच बसेर जारी गरिएको फर्मान संगठनको लागि स्वस्थकर छैन! अखिल(क्रान्तिकारी) लाई एकताबद्ध बनाउन तत्काल विशेष राष्ट्रिय सम्मेलनको आवश्यकता अब झनै अपरिहार्य देखिएको छ।
अनुभव र क्षमताको कसीमा उभिएर परीक्षा दिन तयार सयौं निष्ठावान कमरेडहरुप्रतिको उपेक्षाले संगठनको हित गर्दैन भन्ने कुरा तर्फ सम्पुर्ण नेतृत्व पंक्ति एवं जिम्मेवार कमरेडहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु। अभिवादन, लालसलाम अर्का केन्द्रीय सदस्य अशोक देवकोटाले लखेका छन् ।

# एउटै इकाईमा ३ – ३ ओटा कमिटी बारे !

कसमस कलेजको इकाई सम्मेलन मा ३ ओटा कमिटी बनेको घटनाले अखिल क्रान्तिकारीको चर्को आलोचना देश व्यापी भइरहेको छ । पार्टीका नेताहरु पनि तरङ्गित बनेको देखिन्छ । माघ ८ गतेको भएको सम्मेलनको घटनाको विषयमा हिजो १० गते सचिव विजय सापकोटाले असन्तुष्टि जनाएका छन् । उपाध्यक्ष मिलन एम सी को प्रमुख आतिथ्यता र अर्का उपाध्यक्ष क्षितिज सापकोटा , सचिवहरु सञ्जय कालधन, उपेन्द्र शाही, प्रसुन कार्की, कोषाध्यक्ष भूषण शाही लगाएतका केन्द्रीय पदाधिकारी हरुको उपस्थितिमा खुला सत्र चले को थियो । तर राति १० बजे सम्म सबै अतिथि हरु ले एक एक मान्छे च्याप्ने काम गरेको कारण बन्द सत्र टुङ्ग्याउन सकी रहेको थिएनन् । अन्तत इकाई र केन्द्रका नेता बीच विवाद बढे पछि अवस्था तनावग्रस्त बनेको थियो । अन्त्यमा केन्द्रीय पदाधिकारीहरुले बन्दसत्र नटुङ्ग्याई सम्मेलन स्थल छोडेर जानुपर्ने अवस्था बनेको थियो । त्यसपछि सम्मेलनमा सहभागी इकाइका नेताहरुको आग्रहमा पवन कार्की समुहका नेताहरु ले बन्द सत्र सञ्चालन गरेका थिए । कार्की समुहले खिम सुनुवार लाई अध्यक्ष घोषणा गर्दै ३५ सदस्य इकाई कमिटी निर्माण गरेर भोलि पल्ट ९ गतेको दिन कसमस कलेजमै प्रथम बैठक तथा सपथ गरहन कार्यक्रम गरेका थिए । पवन समुहले घोषणा गरेको कमिटीका विरुद्ध दिपेश पुन समुहले भोलि पल्ट विवश सिवाकोटीको नेतृत्वमा ५१ सदस्य अखिल क्रान्तिकारीको विधान विपरित कमिटी बनाएका थिए । पुन समुहले बनाए पश्चात पञ्चा सिंह समुहले गोविन्द विक्रम शाहीको नेतृत्वमा ५१ सदस्य अखिल क्रान्तिकारीको विधान विपरित कमिटी बनाएका थिए । केन्द्रीय सचिव सञ्जय कलधन र प्रशुन कार्कीले पुन समुहको कमिटी घोसना गरे लगतै राष्ट्रिय समितिका नेताहरु सपिम खरेल, अर्जुन कुँवर, निरज बम, मोहन बुढाथोकी र निवर्तमान इकाई अध्यक्ष तथा सम्मेलन सभापति गणेश ज्ञवाली ले शाहीको नेतृत्वमा पञ्चा समुहको कमिटी निर्माण गरेका थिए । एउटै कलेजमा ३ ओटा अखिल (क्रान्तिकारी) कमिटी चलिरहेको विषय लाई जोड्दै “”पोखरा विश्वविद्यालय अन्तर्गत कसमसमा आफै स्वयं क.पञ्चा सिंह नेतृत्वको विरुद्ध नै स्वयं पञ्चाले नै समानान्तर कमिटी गठन गर्न लगाए पछि । अब केहि बाकी रह्यो र??”” भन्दै सचिव विजय सापकोटाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत चिन्ता व्यक्त गरेका छन् ।

# पञ्चा सिंहले पवन कार्कीका नेताहरुलाई आफ्नो सर्कुलरमा हाले !

पवन कार्की समुहका नेताहरुलाई पनि पञ्चा सिंहले आफनो सर्कुलरमा जिम्मेवारी दिएको देखिन्छ । उक्त घटनाको विरोध गर्दै “”कमरेड पञ्चा सिंहले मेरो नामको दुरुपयोग गरेको सबै नेता कार्यकर्ता माझ जानकारी गराउन चाहन्छु । – विपद् व्यवस्थापन विभाग प्रमुख – राजेश पटेल””
“”पञ्चा सिंहले मेरो नामको दुरुपयोग गरेर परिपत्र सार्वजनिक गरेका छन् । उक्त परिपत्रको घोर भर्त्सना गर्दछु । – सागर केसी – वार्ता समन्वय विभाग प्रमुख तथा विश्वविद्यालय CTEVT इन्चार्ज”” भन्दै कार्की समुहका नेताहरुले सामाजिक सञ्जाल मार्फत खण्डन गरेका छन् ।
राजेश पटेल, सागर केसी, विवेक मैनाली, पविना लामा लगाएत धेरै संख्यमा कार्की समुहका नेताहरुलाई समेत पञ्चा सिंह र दिपेश पुन द्वारा हस्ताक्षर गरिएको परिपत्रमा नाम समावेश गरेको देखिन्छ । परिपत्रको फर्मेट, फन्ट, भाषा, सुधासुधी नमिलेको भनेर पनि धेरैले खिसिट्युरी गरेका छन् ।

विद्रोही क्रान्तिकारीको प्रवक्ता उपदेश यादवले “”पञ्चा कमरेडले संगठन त उहिले सकेका हुन् ! अहिले त प्रचण्डको नाम सकाउने प्रयास गर्दै छन् ।”” भनेर आरोप लगाएका छन् ।