माओवादी केन्द्रको स्थायी कमिटी बैठक : अन्तर्घातीलाई कारवाही गर्न छानविन समितिको प्रस्ताव


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ १३ २०७९
2.5K
SHARES

१३ माघ काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनलगायत समसामयीक विषयमाथि छलफल भइरहेको छ । निर्वाचन समिक्षा र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न बोलाइएको माओवादी बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे ‘व्रिफिङ’ गरेका थिए । दोस्रो दिनको बैठकमा गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीभित्र असहयोग र अन्तर्घात गर्नेहरुमाथि छानविन समिति बनाएर छानविन गर्नुपर्ने प्रस्ताव नेताहरुले गरेका छन् ।

‘चुनावी समिक्षाका क्रममा केही नेताहरुले अन्तरघातीहरुलाई कारवाही गर्नपर्ने प्रस्ताव गर्नुभएको छ’, एक स्थायी समिति सदस्यले  भने, ‘यो लगायत विभिन्न विषयमा छलफल भइरहेको छ ।’ यसअघि माओवादी केन्द्रले नेता टंक राईको संयोजकत्वमा गठन गरेको छानविन समिति त्यसै सेलाएको थियो ।