अखिल (क्रान्तिकारी) मा विवाद छ – नेता शर्मा


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ १४ २०७९
8.8K
SHARES

१४ माघ काठमाडौ । अनेरास्ववियू(क्रान्तिकारी)ले उपत्यका विशेष प्रदेशले आयोजना गरिएको स्वबियु केन्द्रित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा विवादको विचमा सगठनको पुर्व अध्यक्ष हिमाल शर्मा सहभागी भएको भन्दै उनी विरुद्ध सगठनका नेताहरूले विरोध जनाएका छन् ।

पुल्चोकमा हुने भनिएको कार्यक्रममा प्रमुख अतिथि पार्टी उपमहासचिव शक्ति बस्नेत आउने कुरा थियो तर विवाद बढेको र चौतर्फी प्रेसर परेको हुनाले कार्यक्रममा जान नमानेका थिए । शक्ति बस्नेत र अर्का नेता पार्टी सचिव हितमान शाक्य नआउने भएको कारण कार्यक्रम स्थल फेरेर शंकरदेव क्याम्पसमा गरेका छन् ।

उक्त सहभागी कार्यक्रममा पार्टी उपमहासचिव शक्ति बस्नेत र सचिव हितमान शाक्य आउने भनेको थियो तर कोही पनि आउनु भएन भन्दै तपाईहरुको कमिटी भित्र विवाद रहेको छ भने । मैले पहिले पनि बुझेको र अहिले पनि जानकार नै छु  नेता हिमाल शर्माले भने ।यो विवाद हल गर्न पार्टी लागिपरेको छ तर पनि हल हुन सकिरहेको छैन । म यो कार्यक्रममा आउँदै गर्दा अरू समुहका साथीहरुले मेरो विरोध गर्दै हुनुहुन्छ , मेरो फोटो काटेरै विरोध गर्दै छन् भनेर हलै हल्ला बीच सम्बोधन गरेको छु !अन्य संगठनमा पनि विवाद रहेको छ तर पनि स्ववियु निर्वाचन गर्नु पर्छ उनले भने ।

हामीले पहल गरेको आधारमा, सत्य तथ्य जानकारी लिए पश्चात पार्टीका उपमहासचिव शक्ति बस्नेत जान अस्वीकार गर्नु भयो तर फटाहाहरुले पूर्व अध्यक्ष हिमाल शर्मालाई फसाएका हुन । अरु नेता त टाढाका हुनसक्लान् तर पूर्व अध्यक्ष विद्यार्थी संगठनका लागि महत्वपूर्ण र सम्मानित नेता बन्न सक्नु पर्छ । पार्टी र पार्टीका नेता सबै कार्यकर्ताको अभिभावक बन्न सक्नु पर्छ ! विद्यार्थी संगठनमा विवाद छ भन्ने पार्टीले स्वीकार गरेको कुरा हो र पटक पटक मिलाउने प्रयास गर्दा पनि मिल्न सकेको छैन । विधान मिच्ने, संगठन सक्नेलाई पार्टीले पटक पटक किन बचाउ गरिरहेका छन् ? विद्रोही क्रान्तिकारी को केन्द्रीय प्रवक्ता उपदेश यादवले पनि हामी संगको कुरा कनिमा असन्तुष्टी जनाएका छन् ।

शुक्रबार दिउँसो शंकरदेव क्याम्पसमा आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी भएको भन्दै सामाजिक संजाल बाट उनीविरुद्ध विरोध जनाएका हुन् । उनीविरुद्ध अनेरास्ववियू (क्रान्तिकारी )केन्द्रिय वरिष्ठ उपाध्यक्ष इन्द्र भुषालले फेसबुकमा -“विवादित समयमा संगठनका पुर्व अध्यक्ष र सम्मानित नेता कार्यक्रममा जानेकुराले विवाद झन चर्कन्छ !!”भनेर विरोध जनाएका छन् ।

त्यस्तै केन्द्रिय सचीव संजय काल्धनले- “लेखा आयोगले स्पष्टीकरण लिएको कमरेड पन्चा सिंह गुटको कार्यक्रममा सम्मानित नेताहरू खादा लगाउन गएर संगठन प्रती जिम्मेवार नबनेको प्रष्ट भएको छ। विगत लामो समय देखि संगठन कोमामा छ कोमा बाट उठाउन, संगठन मिलाउन पुर्व अध्यक्षहरुको के भुमिका रहयो ? मात्र टुलुटुलु हेरेर बस्नु ठिक हो त? तपाईहरुले हुर्काको संगठन को माया नभएको हो कि कमरेड पन्चा गुट लाई प्रसय दिएको हो ?” भनेर प्रश्न गरेको छन् ।

त्यस्तै फोटोलाई रातो क्रश गरे नेता बालकुमार केसीले -“अखिल(क्रान्तिकारी)मा ठूलो विवाद छ दुईओटा समिति छन् पार्टी नेता कार्यकर्ताहरु सबैलाई थाहा छ यस्तो विवाद को समाधान कसरी गर्ने सङ्गठनको पूर्व अध्यक्ष हिमाल सर्मा ले पहल तथा छलफल गर्नु पर्ने होकी एउटा गुटको कार्यक्रममा गुट चलाउँदै हिड्ने ?? त्यसो हो भने अब हिमाल शर्मा लाई हामीले किन नेता मान्ने???” भनेर प्रश्न गरेका छन् ।

त्यस्तै सगठनका नेता श्याम रोक्काले पनि फेसबुक मार्फत लेखा आयोगको स्पष्टीकरण न दिए पनि हुने, विराट सगठनलाई जति टुक्रा बनाए पनि हुने, मनपरेको जती सबैलाई पदाधिकारी बनाए पनि नि हुने, जे मन लाग्छ त्यही गर्दा हुने पन्चा सिहको यस्तो गतिविधिलाई पक्षपोषण गर्न अखिल( क्रान्तिकारी)को आमा विद्यार्थी नेताहरूको मनोभावनालाई कम्जोर बनाउन पुर्व अध्यक्ष हिमाल शर्मा कार्यक्रम सहभागी हुने कुराले राम्रो सन्देश दिएन। सगठन तथा पार्टीका नेता हिमाल शर्मालाई सुझाव दिएका छन् ।