माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ १६ २०७९
2.4K
SHARES

१६ माघ काठमाडौँ । माघ १२ देखि सुरु भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार पनि बस्दैछ ।

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा प्रचण्डले यसअघि पेस गरेको प्रतिवेदनबारे छलफल हुनेछ ।

यस्तै राष्ट्रपति र उपराष्ट्रपतिको चयनमा पार्टीको नीति, सरकार सञ्चालनसहित समसामयिक विषयमा निर्णय लिने माओवादीको तयारी छ ।