प्रक्रियाबाहिर गएर अहिले गृह मन्त्रालय दिन मिल्दैन – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ १७ २०७९
4K
SHARES

१७ माघ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय नपाए तत्काल सरकार छाड्ने चेतावनी दिएको छ ।बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सो पार्टीका अध्यक्ष तथा निवर्तमान गृहमन्त्री रवि लामिछानेले यस्तो संकेत गरेको स्रोतले जानकारी दियो ।भेटमा प्रधानमन्त्री दाहालले प्रक्रियाबाट आएपछिमात्रै गृह मन्त्रालयका विषयमा कुराकानी हुने जानकारी गराएको बालुवाटार स्रोतले जानकारी दियो ।

स्रोतले दिएको जानकारीअनुसार आफूहरुको पार्टीले गृह मन्त्रालय नपाए सरकार छाड्ने स्पष्ट संकेत लामिछानेको थियो ।
तर प्रधानमन्त्रीले प्रक्रियाभन्दा बाहिर गएर गृह मन्त्रालय नदिने अडान राखेका छन् । रास्वपाले भने कुनै निर्णय गरिनसकेको सो पार्टीका एक केन्द्रीय सदस्यले जानकारी दिए ।