पृथ्वीमा बाँदरको साम्राज्य बढ्यो – सांसद रिजाल


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ १८ २०७९
4.2K
SHARES

१८ माघ काठमाडौँ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा एकजना सांसदले बाँदर आतंकबारे कुरा उठाएका छन्। संसदको शून्य समयमा बोल्दै सांसद ईश्वरबहादुर रिजालले दोलखा जिल्लामा अहिले बाँदरको प्रकोप बढेको गुनासो गरेका हुन्।

‘अहिले बाँदरको प्रकोप बढेको छ, मान्छेले कमाई खेती छाडेर हिँडे, बसाइँ सरेर गए’, उनले भने, ‘पृथ्वीमा जीव छ, त्यही भएर यसको महत्व छ। यहाँ चेतनशील प्राणी मानिस पनि छ। तर यो पृथ्वीमा अहिले बाँदरको साम्राज्य बढ्यो।’

उनले संविधानअनुसार बाली बीमाको सुरक्षा गर्नुपर्ने पनि माग गरेका छन्। ‘अब एउटा अध्ययन टोली बनाइयोस्। संविधानको भाग ३ को ३६ अनुसार बाली बीमाको सुरक्षा गरियोस्’, उनले भने, ‘किसानको बाली जोगाउने उपाय खोजियोस्।’