रविले अझै पनि छोडेनन् मन्त्री क्वाटर
१९ माघ काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्री पद गुमेको हप्तादिन वित्दा समेत मन्त्री क्वाटर छोड्न मानेका छैनन् । लामिछानेको नागरिकता कानुन बमोजिम नभएको भन्दै सर्वोच्व अदालतले खारेज गरेसँगै लामिछाने गहृ तथा उपप्रधानमन्त्रीको पद गएको थियो । सांसद पद समेत नरहेका लामिछाने गैरसांसद नै भएपनि पुन गृहमन्त्रालय आफैले पाउनुपर्ने अडानमा छन् ।
गृहमन्त्री पद गुमेको हप्तादिन वित्दा समेत मन्त्रीक्वाटर नछोडेपछि सामाजिक संजाल तथा राजनीतिक वृतमा नयाँ भनिएका र अरुलाई नैतिक पाठ पढाउने लामिछाने आफै अनैतिक भएको टिप्पणी हुन थालेको छ । उसो त मेनपावर व्यावसायीलाई श्रम तथा रोजगार मन्त्री बनाएको भन्दै रास्वपामाथि यसअघि नै आलोचना भएको थियो ।