गृह मन्त्रालयको विवादबारे अध्यक्ष नेपालले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ २१ २०७९
3.6K
SHARES

२१ माघ काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गृह मन्त्रालयबारे आफ्नो पार्टीको कुनै धारणा नरहेको बताएका छन् ।

नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकबाट बाहिरिने क्रममा उनले गृह मन्त्रालयबारे बोल्ने केही नरहेको बताए । “गृह मन्त्रालयबारे अहिले हामीले बोल्ने केही छैन । अहिले हामी हेरेर बस्ने हो,” उनले अगाडि थपे, “यसमा हाम्रो टिप्पणी छैन । बोलेर के गर्ने हो र ? गर्नुपर्नेले के–के गर्छन् गर्छन् ।”

गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः आफूले पाउनु पर्ने दाबी गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूसँगै गृह मन्त्रालय राख्ने बताइसकेका छन् । सत्ता साझेदार दल नेकपा एमालेले भने गृह मन्त्रालयल रास्वपालाई नै दिन प्रधानमन्त्रीलाई दबाब दिइरहेको छ ।