एमाले दक्षिणपन्थी अवसरवादी, माओवादी ढुलमुले – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ २१ २०७९
2.8K
SHARES

२१ माघ काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एमाले दक्षिणपन्थी अवसरवादी र नेकपा माओवादी ढुलमुले भएको आरोप लगाएको छ ।

समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधव कुुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा यस्तो आरोप लगाइएको हो ।

आजबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । उनले आज बैठकलाई संबोधन गर्ने कार्यक्रम रहेको छ । कान्तिपुर गार्डेन व्यांक्विट बालकुमारीमा बैठक बसिरहेको छ ।