अखिल (क्रान्तिकारी) विराटनगर महानगर कमिटिको दोस्रो सम्मेलन सम्पन्न
२१ माघ काठमाडौ । आज नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विराटनगर महानगर कमिटिको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।सम्मेलनमा प्रमुख अतिथि पवन कार्की अतिथिहरु दीपेन्द्र मेहेता भरत घिमिरे अमर मण्डल उमेश सेन्चुरी ycl केन्द्रीय नेता सरोज यादको आतिथ्यता रहेको थियो ।
अखिल (क्रान्तिकारी)मा विवाद रहदै आएको भएपनि अहिले सम्म पार्टिले हल गरेको छैन । पार्टीबाट हल नभए पछि कार्की नेतृत्वको टिमले संगठन विस्तारमा तीव्रता दिएको छ ।

कार्यक्रममा बोल्दै संयोजक कार्की आफूहरू विधिको पक्षमा रहेको र विधि अनुसार नै संगठन विस्तार गरेको बताएका छन । संगठनमा विधि हुन्छ त्यहि अनुसार संगठन चल्छ उनले भने ।

उक्त सम्मेलनले उज्जवल गुप्ताको अध्यक्षतामा कमिटि समेत घोषणा गरेको छ ।
अध्यक्ष > क.उज्ज्वल गुप्ता
बरिष्ट उपाध्यक्ष >क. लक्ष्मी मण्डल
उपाध्यक्ष >क.संजिव शाह
सचिव >क.सुम्मा यादव
सह-सचिव >क. भारती ताजपुरिया
सह-सचिव >क.सागर गोइत
कोषाध्यक्ष >क.प्रिति शाह लगाएत सदस्यहरू समेक रहेका छन् ।