माओवादीबाट उर्मिला अर्यालले उम्मेदवारी दिँदै


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ २२ २०७९
6.5K
SHARES

२२ माघ काठमाडौं । राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य उर्मिला अर्यालले उम्मेदवारी दिँदैछिन्। राष्ट्रिय सभा उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेपछि उनी सम्भवत: निर्विरोध निर्वाचित हुने सम्भवना छ।

उनले आफूलाई माओवादी केन्द्रले राष्ट्रिय सभा उपाध्यक्षमा उठाउने निर्णय गरिसकेको बताइन्। ‘हाम्रो पार्टीको संसदीय दलको बैठक साढे १२ बजे बस्दैछ। नारायणकाजी श्रेष्ठ (राष्ट्रिय सभा संसदीय दलका नेता) अलिक ढिलो आउने भन्नु भएको छ। त्यसैले दिउँसो पौने २ बजेसम्म उम्मेदवारी दर्ता हुन्छ होला।’  उनी गत वर्ष माघ १२ गते भएको राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मधेश प्रदेशमा महिलातर्फ विजयी भएकी थिइन्।