पार्टीको नाम र चिह्न फेरौँ – माओवादी केन्द्र


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ २६ २०७९
4K
SHARES

२६ माघ काठमाडौं । नेकपा (माओवादी केन्द्र)मा पार्टीको नाम र चुनाव चिह्न फेर्नेबारे छलफल भएको छ । हालै सम्पन्न स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनमनोविज्ञान, भू–राजनीतिक व्यवस्था र प्रतिस्पर्धासमेत ध्यानमा राखी पार्टीको चिह्न र नाम फेनुपर्ने बताएका थिए ।

पार्टीको आन्तरिक जीवन र राजनैतिक क्षेत्रमा उत्पन्न समस्या, चुनौतीको सामना र सम्भावनाको सदुपयोग गर्ने एउटा अवसर फेरि आएको छ । हामीले पार्टीको समग्र वैचारिक–राजनैतिक–सांस्कृतिक पक्षमा थप अभिरुचिका साथ काम गर्नु छ,” प्रचण्डले बैठकमा गरेको प्रस्तावमा भनेका छन्, “संरचनागत, विधि र पद्धति, नाम र चिह्नलगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भू–राजनीतिक व्यवस्थालाई एवं प्रतिस्पर्धासमेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्छ ।

त्यसका लागि प्रारम्भिक चरणमा तीन महिनाको लागि कार्यक्रम प्रस्ताव गरिएको छ ।”त्यस्तै, सिद्धान्त र व्यवहार मिल्ने पार्टीसँग एकता गर्ने विषयलाई पनि प्राथमिकता राख्ने उनको भनाइ छ ।