राष्ट्रपतिले संसदको दुवै सदनको संयुक्त बैठकलाई संबोधन गर्दै


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ २७ २०७९
3K
SHARES

२७ माघ काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो ३ र साँझ ५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । दिउँसो ३ बजे संसद्को दुवै सदनको संयुक्त बैठक बस्नेछ । उक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संबोधन गर्ने कार्यक्रम रहेको छ ।

साँझ ५ बजे संसद्को दोस्रो बैठक बस्ने कार्यसूची रहेको छ । आजको दोस्रो  बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७९ माघ २७ गते राष्ट्रपतिद्वारा संघीय संसदको पहिलो अधिवेशनको दुवै सदनको संयुक्त बैठकलाई गरिएको सम्बोधनको प्रति टेबुल गर्ने सम्भावित कार्यसूची रहेको छ ।

सभामुखले राष्ट्रपतिबाट भएको सम्बोधनको लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने, ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’, ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७’ र ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ का सम्बन्धमा राष्ट्रिय सभावाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।