पार्टी एकताको तयारीमा छौ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ २८ २०७९
4.3K
SHARES

२८ माघ काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको बताएका छन् । आफ्नो पार्टीको भविष्य उज्ज्वल भएको उनको भनाइ छ ।

शनिबार पेरिसडाँडामा नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठकमा उनले भने, “निर्वाचनपछि हामीले सरकारको नेतृत्व गर्ने अवसर पाएका छौँ । यो हाम्रा लागि चुनौतीपूर्ण अवसर हो । यसको भरपूर सदुपयोग गरेर देश र जनताका निम्ति राम्रो परिणाम दिनैपर्दछ ।

एक्लो प्रधानमन्त्रीले मात्रै गरेर सबै चिज हुँदैन, केन्द्र, प्रदेश र स्थानीय तहका सरकार सबैले राम्रो गर्दा देशमा राम्रो परिणाम आउँछ । पार्टीका पनि सबै नेता–कार्यकर्ताले जनताको हितअनुसार काम गरेर देशलाई परिणाम दिनैपर्छ ।