जन- भावना अनुसार सरकाले काम गरिरहेको छ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन १ २०७९
2.5K
SHARES

१ फागुन दमक। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा काम गर्न नदिने र अरूलाई पनि गर्न नदिने तत्त्वहरू सक्रिय रहेको बताएका छन्। अहिले सरकार ढाल्ने षडयन्त्र भइरहेको उनको भनाइ छ।

गृहनगर झापाको दमकमा आइतबार आएका ओलीले अनेक प्रकारका षडयन्त्र भइरहेको बताए। सो षडयन्त्रलाई चिर्दै अघि बढ्ने शक्ति सरकारमा रहेकाले निराश नहुन आग्रह गरे। ‘देशलाई अघि बढाउने र विकास पक्षधर शक्ति पनि सरकारमा भएकाले निराश हुनुपर्दैन,’ ओलीले भने।

यो सरकारले जनभावनाअनुसार काम गरेर देशका समस्या समाधान गर्ने उनले प्रष्ट पारे। आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी समस्या, तटबन्धनलगायतका समस्या समाधान गर्दै लैजाने उनले बताए। कृषिको आधुनिकीकरण, रोजगार सिर्जनालगायतका विषयमा पनि आफ्नो ध्यान गएको उनले बताए।