उपप्रधानमन्त्री श्रेष्ठसँग भारतीय विदेशसचिव क्वात्राको भेट


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन २ २०७९
3.3K
SHARES

२ फागुन काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भेट गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको रेल्वे, आर्थिक समृद्धि, नेपाल–भारतबीच भएका सन्धीसम्झौता तथा भारतीय पक्षले लगानी गरेका आयोजनाका बारेमा धारणा राखेका थिए ।

भारतीय विदेश सचिव क्वात्राले भारतीय कम्पनीले सञ्चालन गरिरहेको जयनगर–कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषयमा राखेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । भेटका क्रममा रक्सौल–काठमाडौं रेलवे निर्माण सम्बन्धमा पनि प्रारम्भिक छलफल भएको छ ।