क्याम्पसमा स्ववियुले लगायो ताला


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ५ २०७९
2.8K
SHARES

५ फागुन गोरखा । आज द्रब्यशाह बहुमुखी क्याम्पासका क्याम्पस प्रमुख रामचन्द्र दुबाडी माथि दुरब्यबहार गर्नेलाई कारवाही नगरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले द्रव्यशाह बहुमुखी क्याम्पसमा ताला लगाएको छ ।

दोषी उपर कारबाहीको माग गर्दै उजुरी दिए पनि प्रहरी संगठन र प्रशासनले घटनालाई राजनीतिकरण गरी आन्तरिक मेलमिलापको चेष्टा गरेको भन्दै क्याम्पसको स्ववियूले तालाबन्दी गरेको हो ।

शुक्रवार स्वबियु सभापति प्रबिन बस्नेतले एक प्रेस बिज्ञप्ती जारी गर्दै दोषीलाई कानूनी दायरामा नल्याएसम्म क्याम्पसको पठनपाठन एवं प्रशासनिक कामकाज बन्द रहने जनाएको छ ।