प्रचण्ड–ओली तारन्तार भेटवार्ता, राष्ट्रपतिमा कसले मार्ला बाजी ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ५ २०७९
3.4K
SHARES

६ फागुन काठमाडौँ । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता बाक्लो हुन थालेको छ । राष्ट्रपतिकै विषयमा सहमति जुटाउन पछिल्लो दिनमा दुई नेताबीच छलफल केन्द्रीत रहँदै आएको छ । एमालेले आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार हुनुपर्ने अडान राख्ने र माओवादीले राष्ट्रिय सहमतिमा जोड दिने गरेका पृष्ठभूमिमा कसरी सहमतिमा पुग्ने भन्नेबारे दुई नेताबीच ‘होमवर्क’ हुँदै आएको हो । यद्यपि हालसम्म सहमति जुट्न सकेको छैन ।

फागुन १३ गते उम्मेदवारी दर्ताको दिन भएकाले सो अघि सहमति जुटाउने कसरतमा ओली छन् भने प्रचण्ड एमालेलाई सघाउने कि कांग्रेसलाई भन्नेमा स्पष्ट भइसकेका छैन । यहीबीचमा बिहीबार र शुक्रबार तारन्तार ओली र प्रचण्डबीच भेटवार्ता भएको छ । यसअघि पनि पटक पटक दुई नेताबीच वार्ता हुँदै आएको थियो ।

प्रचण्डले सघाउलान् ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समय आएपछि राष्ट्रपतिको विषयमा निर्णय हुने बताएका छन् ।

एमाले अध्यक्ष ओलीसँग शुक्रबार बालकोटमा भेटघाट गरेपछि सञ्चारकर्मीसँग छोटो प्रक्रिया दिँदै प्रचण्डले समय आएपछि राष्ट्रपतिको विषयमा जानकारी हुने बताए ।

राष्ट्रपतिको निर्वाचन आउन समय अझै बाँकी भएकाले समय आएपछि एउटा बिन्दुमा पुगिने प्रचण्डले बताए ।