जेलमुक्त भए सांसद अरुण चौधरी
Capital Headline
प्रकाशित मिति :
आइतबार, फाल्गुन ७ २०७९
2.1K
SHARES
७ फागुन काठमाडौं । कैलाली–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी जेलमुक्त भएका छन् ।
उनी कैलाली जिल्ला कारागारबाट जेलमुक्त भएका हुन् । उनी नागरिक उन्मुक्ति पार्टीका सांसद हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएपछि उनी छुटेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
०६६ भदौ ३ मा ट्याक्टर जलाएको भन्दै ०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजना विरुद्ध जनही ६ महिना कैदको आदेश सुनाएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट