एमाले सरकारबाट बाहिरियो , मन्त्रीहरुले आजै राजीनामा बुझाउँदै


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन १५ २०७९
2.9K
SHARES

१५ फागुन काठमाडौ । सरकारबाट बाहिरिने निर्णय गरेसँगै नेकपा (एमाले)बाट मन्त्री बनेका सबैले आजै राजीनामा बुझाउँदै छन् । बालुवाटारस्थित निवासमै गएर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु राजीनामा बुझाउन लागेका हुन् ।

एमालेबाट उपप्रधानमन्त्रीसहित कुल ८ मन्त्री रहेकाेमा ७ जनाले आजै राजीनामा दिन लागेकाे बताइएकाे छ । मन्त्री हरि उप्रेती भने बिरामी रहेकाले उनकाे राजीनामा पछि बुझाइनेछ ।

पछिल्लो समय एकाएक चिसिएको माओवादी र एमालेबीचको सम्बन्ध तथा प्रधानमन्त्रीको दाउपेचका कारण आज एमालेले आकस्मिक सचिवालय बैठक डाकेर सरकारबाट बाहिरिने निर्णय गरेको थियो । साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ ।