राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता : क-कसलाई हुन्छ लागू ?


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन १६ २०७९
5.5K
SHARES

१६ फाल्गुन काठमाडौं। राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले चुनावी खर्च स्वरुप अधिकतम ४ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन्। साँझ ५ बजे राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि बुधबार (भोलि)देखि ५ चैतसम्म आचारसंहिता लागू हुने जनाइएको छ। राष्ट्रपतिको फागुन २५ मा र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ।

राष्ट्रपतिमा नेपाली कांग्रेसको तर्फबाट रामचन्द्र पौडल र नेकपा एमालेको तर्फबाट सुवास नेम्वाङ उम्मेदवार छन्। दुवै उम्मेदवारविरुद्ध कुनै उजुरी परेको छैन। अन्तिम नामावली प्रकाशन भएपछि राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारहरुले मात्र प्रचारप्रसार गर्न पाउँने निर्वाचन आयोगले जनाएको छ। आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न कार्यतालिका छ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन आचार संहिता संघ र प्रदेशका मन्त्री, सरकारकी कर्मचारी, सुरक्षा निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्थालाई आचारसंहिता लागू हुनेछ। उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि, राजनीतिक दल, सञ्चार माध्यमका हकमा पनि आचार संहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ।