भोट माग्न एमालेको टोलि एकीकृत समाजवादीको कार्यालयमा


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन १८ २०७९
5.1K
SHARES

१८ फागुन काठमाडौं । राष्ट्रपति पदका लागि नेकपा (एमाले)का तर्फबाट उमेदवार बनेका पूर्वसभामुख सुवास नेम्वाङले चुनावी अभियान थालेका छन् । राजनीतिक पार्टीका कार्यालयमा पुगेर नेम्वाङले आफूलाई भोट हाल्न आग्रह गरेका हुन् ।

बिहीबार नेम्वाङ एमाले नेताहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, विमला राई पौड्यालसँगै भोट माग्न नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा पुगेका छन् ।

काठमाडौंको आलोकनगरस्थित पार्टी कार्यालयमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुसाल, प्रकाश ज्वालासहितका नेताहरूसँग उनीहरूको छलफल भइरहेको बताइएको छ । यसपछि नेम्वाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदसँग भोट माग्न सो पार्टीको कार्यालय वसुन्धरा पुग्ने बताइएको छ ।