न्यु क्रियटिभ स्कुलका छात्रलाई एसइइ २०७८ मा नगर प्रथम भएकामा सम्मान


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन १८ २०७९
4.7K
SHARES

१८ फागुन काठमाडौं । नागार्जुन नगरपालिकाले एसइइ २०७८ मा उच्च जिपिए प्राप्त गर्ने स्कुल र बिद्यार्थीलाई सम्मान गरेको छ । नगर शिक्षा शाखाका प्रमुख कृष्ण कुँवरको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर उप प्रमुख सुशीला अधिकारीले उच्च जिपिए ल्याउन सफल स्कुल र बिद्यार्थीलाई प्रसंशा पत्र र पुरस्कार दिएर सम्मान गरेका हुन् । सो अवसरमा संस्थागत बिद्यालय तर्फ सबैभन्दा बढि जिपिए प्राप्त गर्न सफल न्यु क्रियटिभ ईबो स्कुल ( NCEB SCHOOL) का छात्र आर्यन बस्ताकोटीले ३.९५ जिपिए प्राप्त गरेकाले प्रथम पुरस्कार प्राप्त गरे भने ३.९० जिपिए ल्याउने बिद्यार्थीलाई समेत सम्मान गरिएको थियोे ।

सामुदायिक बिद्यालय तर्फ रत्न राज्य माविका छात्रले ३.८० जिपिए ल्याएर पुरस्कृत भएका थिए । सो अवसरमा शाखाले सञ्चालन गरेका निबन्ध , हस्तलेखन तथा बक्तृत्व कला प्रतियोगिताका विजयी छात्र छात्रालाई पनि पुरस्कृत गरिएको थियोे । यसैगरी सामुदायिक बिद्यालयका उत्कृष्ट शिक्षकहरुलाई दोसल्ला ओढाएर र प्रशंसापत्र प्रदान गरेर सम्मान गरिएको थियोे ।