किन गर्दैछन् माओवादी धारका पार्टीले संयुक्त पत्रकार सम्मेलन ?
२८ फागुन काठमाडौं । माओवादी धारका पार्टीहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् । शान्ति प्रक्रियाको उल्लंघन गर्ने प्रवृत्तिहरूको खण्डन गर्न माओवादी धारका पार्टीहरूले संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरूको बैठकले आज पत्रकार सम्मेलन गर्ने निर्णय गरेको थियो । उक्त बैठकले शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रियाहरू अघि बढाउन संयुक्त अपिल प्रकाशन गर्ने, आज संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते नागरिक समाजसँग शान्ति प्रक्रियाको बारेमा अन्तरक्रिया गर्ने निर्णय गरेको थियो ।
पछिल्लो समय शान्ति प्रक्रियाको उल्लंघन गर्ने प्रवृत्ति देखिएको भन्दै प्रधानमन्त्रीसमेत रहेका पुष्प कमल दाहाल ‘प्रचण्ड’लगायत माओवादी धारका दलहरूले आपत्ती जनाउँदै आएका छन् ।
