अस्पताल पुगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपतिलाई


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र १९ २०७९
2.9K
SHARES

१९ चैत  काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान महाराजगञ्जस्थित अस्पतालमा पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य लाभको कामना गरेका हुन्। पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल शनिबार साँझ अस्पताल भर्ना भएका हुन्।