अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोजमा


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ ३१ २०८०
8.2K
SHARES

३१ जेठ काठमाडौ ।आज नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को केन्द्रिय समितिको बैठक सम्पन्न भएको छ । पवन कार्कीको नेतृत्वमा रहेको संगठनले भर्चुवल माध्यमबाट बैठक बसि आगामी  २३ औं राष्ट्रिय सम्मेलनको तयारीको लाग्ने र भौदमा विधान सम्मेलन गरि असोजको दोस्रो हप्ता सम्मेलन गर्ने बैठकले निर्णय गरेको छ ।

संगठनलाई चलाएमान र वास्तविक विद्यार्थीहरूको संगठन बनाई सम्पूर्ण देखापरेका समस्याहरूलाई समधानको लागि पहल गर्ने एक केन्द्रिय सदस्यले  बताए ।

पाँचौँ केन्द्रिय समितिको बैठक दुई वटा विधि मार्फत भर्चुअल र उपलब्ध कमरेडहरुको प्रत्यक्ष उपस्थितिमा संगठनको आगामी योजना कार्यक्रम र २३ औं राष्ट्रिय सम्मेलनको सन्दर्भमा बसी  तीन महीने क्रान्तिकारी संगठन निर्माण अभियान सञ्चालन गर्ने समेत संयोजक कार्कीले बताए  ।

अखिल क्रान्तिकारीमा लामो समयदेखि पञ्चा सिंह र पवन कार्कीले समानान्तर कमिटी चलाइरहेका छन् । समानान्तर गतिविधि नगर्न निर्देशनसहित विवाद समाधान गर्न माउ पार्टीले आयोजक कमिटी बनाएर अघि बढ्ने भनेपनि त्यो कार्यान्वयन भएको छैन ।आज संस्थापनमाथि दबाब दिँदै पवन समूह नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको हो ।