प्रधानमन्त्री र यूएन सहयोग विभाग उपमहासचिव खरेबीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ ३२ २०८०
1.4K
SHARES

संयुक्त राष्ट्रसंघ, मुख्यालय कार्यसञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटघाट गरेका हुन्।

उनीहरूबीच द्विपक्षीय साझेदारीलाई थप मजबुत बनाउने विषयमा छलफल भएको यूएन कार्यालयले जनाएको छ। खरे नेपाल र यूएनको संयुक्त आयोजनामा काठमाडौंमा भएको सातौं शान्ति स्थापना अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन आएका हुन्।