अध्यक्ष ओली र संयोजक वामदेवबीच भेटवार्ता हुँदै
३ असार काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता हुन लागेको छ । एमाले पार्टी कार्यालय च्यासलमा दुई नेताबीच भेटवार्ता हुन लागेको हो । अहिले केहीबेरमा भेटवार्ता हुन लागेको एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डले जानकारी दिए ।“अहिले एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ताको तयारी भएको छ,” उनले भने, “नेताहरु बाटोमा हुनुहुन्छ ।”
भेटमा पार्टी एकताको विषयमा छलफल हुने बताइएको छ । गौतमले एमालेको विधानबाट ७० वर्षे प्रावधान हटाए पार्टीमा आउने बताउँदै आएका छन् । एमालेले विधानको सो व्यवस्था हटाएको छ । शनिबार मात्रै ओलीले एक कार्यक्रममा ७० वर्षे प्रावधानले असहजता सिर्जना गरेकाले हटाइएको बताएका थिए ।