एभरेष्ट बैंकद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई १० लाख सहयोग


Capital Headline
प्रकाशित मिति : आइतबार, असार ३ २०८०
6.4K
SHARES

३ असार काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई अस्पताल भवन निर्माण कार्यका लागि आर्थिक सहयोग गरेको छ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको हो।

बाल स्वास्थका क्षेत्रमा बहुविशिष्टीकृत अस्पताल सञ्चालन गर्न, तालिम तथा दक्ष जनशक्ति तयार गरी गुणस्तर वृद्धि र नियमनका विधि र प्रक्रियाको विकास तथा नीति निर्धारण गर्न लगायतका कार्य गर्ने गरी सबै प्रादेशिक बाल अस्पतालहरुका लागि श्रोत केन्द्रको रुपमा केन्द्रिय बाल अस्पताल सञ्चालनार्थ स्थापित संस्थालाई सहयोग गरेको हो।

बैंकले अस्पताललाई  १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अस्पतालका अध्यक्ष प्रा. डा. भगवान कोइरालालाई एक कार्यक्रमका बिच चेक हस्तान्तरण गरेका छन्।  यसबाट बाल अस्पताल निमार्ण लक्ष्यमा टेवा पुग्ने र बालबालिकाहरुले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ। कार्यक्रममा नायब महाप्रबन्धक केशवराज पौडेल लगायत अन्य विशिष्ट व्यक्तिहरुकोसमेत उपस्थिति थियो।