४ दलका शीर्ष नेताबीच बालुवाटारमा वार्ता


Capital Headline
प्रकाशित मिति : सोमबार, असार ४ २०८०
1.9K
SHARES

४ असार काठमाडौं । समाजवादी मोर्चा घोषणाअघि बालुवाटारमा चार पार्टीका शीर्ष नेताबीच छलफल भइरहेको छ। प्रधानमन्त्रीको सरकारी निवासमा जारी वार्तामा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्मा छन् भने एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टी (जसपा) बाट वरिष्ठ नेता राजेन्द्रमान श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सहभागी छन्।  आज अपराह्न यी दलले समाजवादी मोर्चा घोषणा गर्दै छन्।