यो गठबन्धन पाँच वर्ष तलमाथि हुँदैन – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : सोमबार, असार ११ २०८०
2.8K
SHARES

११ असार काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन पाँच वर्षसम्मै जाने बताएका छन्।  धादिङको गजुरी-१ स्थित आदर्श बहुमुखी क्याम्पसको भवन सोमबार उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले पाँच वर्षसम्म गठबन्धन रहने बताएका हुन्।

‘अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको  छ’, उनले भने, ‘पाँच वर्षसम्म यो गठबन्धन केही हुनेवाला छैन। यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ।’